काठमाडाैं । नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा भारतले बराबरी गोल फर्काएको छ ।
खेलको ६० औं मिनेटमा भारतीय खेलाडीले गोल गरे । सुनिल क्षेत्रीले पोस्टमा गरेको प्रहार पोलमा लागेर फर्किएको बलमा अनिरुद्र थापाले गोल गरे ।
यसअघि नेपालले ३५ औं मिनेटमा अग्रता लिएको थियो । दशरथ रंगशालामा भएको खेलमा अन्जन विष्टले पहिलो हाफमा नेपाललाई अग्रता दिलाएका हुन् । उनले खेलको ३६ औँ मिनेटमा भारतविरुद्ध गोल गरेका हुन् ।
नेपालले घरेलु मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बिहीबार भारतसँग खेलिरहेकाे छ ।