logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • भारतसँग १-१ को बराबरीमा रोकियाे नेपाल 

    भारतसँग १-१ को बराबरीमा रोकियाे नेपाल 

    2.6K
    Shares

    काठमाडाैं । नेपाल र भारतबीच बिहीबार भएको मैत्रीपूर्ण फुटबल खेल १–१ गोलको बराबरीमा टुङ्गिएको छ । 

    दशरथ रंगशालामा भएको खेलमा नेपालले सुरुवाती अग्रता लिए पनि जाेगाउन सकेन । नेपालले ३६ औं मिनेटमा अग्रता लिएको थियो । नेपालका लागि अन्जन विष्टले ३६ औँ मिनेटमा भारतविरुद्ध गोल गरे ।

    पहिलो हाफमा १–० ले अगाडि रहेको नेपालले ६० औँ मिनेटमा गाेल खान पुग्याे ।

    nepali-football.jpg

    भारतका कप्तान सुनिल क्षेत्रीले १८ यार्ड बक्स बाहिरबाट गरेको प्रहारलाई नेपाली कप्तान तथा गोलकिपर किरण चेम्जोङले माथि पञ्च गरेका थिए । तर, सोही बल गोल लाइन नजिकै ड्रप हुने क्रममा अनिरुध थापाले ट्याप इन् गर्दै भारतका लागि बराबरी गोल गरे ।

    नेपालका प्रमुख डिफेन्डर मैदान बाहिर भएको मौकाको फाइदा उठाउँदै सुनिलले सशक्त प्रहार गरेका थिए । थापाको त्यो गोलसँगै बराबरीमा आएको खेलमा बाँकी गोल हुन सकेन ।

    अब नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार साँझ ५ः ३० बजे दशरथ रंगशालामै हुनेछ ।Anfa 2 nep ind.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend