शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

अमेरिकामा आँधी : १९ महिने छोरोसहित एकै परिवारका तीन नेपालीको मृत्यु

अमेरिकामा आँधी : १९ महिने छोरोसहित एकै परिवारका तीन नेपालीको मृत्यु

काठमाडौं । अमेरिकामा आइडा नामक सामुद्रिक आँधीको प्रभावले भएको भीषण वर्षापछि आएको बाढीका कारण एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ । 

मृत्यु हुने नेपालीहरूमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नम्बर( २ जुनवेशी घर भई हाल न्यूयोर्कमा बस्दै आएका आङ गेलु लामा, उनकी श्रीमती मिङमार शेर्पा र उनीहरूको १९ महिनाको छोरा लोप्साङ लामा रहेका छन्। उनीहरु न्यूयोर्कमा बस्दै आएका थिए । 

ida.jpgयुनाइटेड शेर्पा एसोसियसन युएसएले सामाजिक सञ्जालमार्फत उनीहरुको मृत्यु भएको जनाएको छ ।

आइडाको कारण मौसम प्रभावित भई न्यूयोर्कमा ठूलो वर्षा भएको छ । वर्षापछिको बाढीका कारण न्यूयोर्क र न्यूजर्सी सबैभन्दा धेरै प्रभावित भएका छन् ।
बाढीमा परेर अहिलेसम्म कम्तिमा ४२ जनाको ज्यान गएको अलजजिराले जनाएको छ । 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend