logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • मैत्रीपूर्ण फुटबल : दोस्रो हाफमा नेपालमाथि भारतको गोल 

    मैत्रीपूर्ण फुटबल : दोस्रो हाफमा नेपालमाथि भारतको गोल 

    2.9K
    Shares

    काठमाडौं ।  दोस्रो मैत्रीपूर्ण खेल अन्तर्गत नेपाल र भारतबीचको पहिलो हाफ बराबरी खेलेको नेपालमा माथि भारतले गोल गरेको छ । 

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको ६२ औं मिनेटमा भारतले गोल गरेको हो । ६२ औं मिनेटमा फारुख चौधरीले गोल गर्दै भारतलाई अग्रता दिलाएका हुन् ।

    चौधरी दोस्रो हाफको सुरुवातमा विपिन सिंहको स्थानमा मैदान प्रवेश गरेका थिए ।पहिलो हाफमा केही अवसर पाए पनि चुकेको नेपालले दोस्रो हाफमा गोल खाएको हो । 

    पहिलो हाफको अन्त्यतिर प्रशिक्षक अब्दुल्लाहले विशाल राई र अन्जन विष्टलाई मैदान पठाएका छन् । खेल हेर्न निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाड मैदानमा उपस्थित भएका छन् । 

    पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले  १–१ को बराबरी खेलेका थिए । 
     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend