काठमाडौं ।जारी नेपाल र भारतको दोस्रो मैत्रीपूर्ण खेल प्रतिस्पर्धात्मक बनेको छ । ६२ र ७९ औं मिनेटमा गोल गरेको भारतमाथि नेपालले ८६ औं मिनेटमा गोल फर्काएको हो ।
२–० ले पछि परेको नेपालका लागि खेलको ८६ औं मिनेटमा तेज तामाङले गोल गरेका हुन् ।
भारतले खेलको ६२ र ७९ मिनेटमा गोल गर्दै भारतले अग्रता लिएको थियो । भारतलाई रोक्ने क्रममा तेज तामाङले उत्कृष्ट गोल गरेका हुन् । पहिलो हाफ गोल रहित बराबरी खेलेको नेपालमा माथि भारतले दोस्रो हाफमा दुई गोल गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको ६२ औं मिनेटमा भारतले पहिलो गोल गरेको थियो । ६२ औं मिनेटमा फारुख चौधरीले गोल गर्दै भारतलाई अग्रता दिलाएका हुन् ।
चौधरी दोस्रो हाफको सुरुवातमा विपिन सिंहको स्थानमा मैदान प्रवेश गरेका थिए ।
दोस्रो गोल भारतले ७९ औं मिनेटमा गरेको हो । खेल हेर्न निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाड मैदानमा उपस्थित भएका छन् ।
पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १–१ को बराबरी खेलेका थिए ।