शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

गभर्नरलाई अर्थमन्त्रीकाे फोनपछि १६२ अंकले बढ्यो नेप्से

गभर्नरलाई अर्थमन्त्रीकाे फोनपछि १६२ अंकले बढ्यो नेप्से

काठमाडाैं । सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार करिब १ सय ६२ अंकले बढेर २ हजार ९ सय ८०.७९ विन्दुमा पुगेको छ । आइतबार नेप्से १ सय भन्दा धेरै अंकले घटेको थियो ।

सोमबार बजारमा ९ अर्ब ८२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

साेमबार सबै समूहमा हरियाली छाएको छ । बैंकिङ ७८, ब्यापार १३३, होटल तथा पर्यटन १९४, विकास बैंक ५०३, जलविद्युत २८३, फाइनान्स २५६, निर्जीवन बीमा ६४३, उत्पादन ३९८, अन्य १५०, माइक्रोफाइनान्स २४१, जीवन बीमा ८१७ र लगानी समूह ६ अंकले बढेका छन् । 

सोमबार मात्र सेयर बजारमा गिरावट आएकोबारे अर्थमन्त्री जनार्दन शर्माले चासो देखाएका थिए । उनले सोमबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई टेलिफोन गरी समस्या समाधान गर्न आग्रह गरेका थिए । 

राष्ट्र बैंकले शेयर धितोमा १२ करोडभन्दा बढी ऋण लिएर शेयरमा लगानी गर्न नपाउने नीति बनाएपछि शेयर बजारमा त्यसको नकरात्मक प्रभाव परेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend