logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • चम्किए सन्दीप, नेपाललाई पीएनजीले दियाे एक सय ३५ रनको लक्ष्य

    चम्किए सन्दीप, नेपाललाई पीएनजीले दियाे एक सय ३५ रनको लक्ष्य

    2.8K
    Shares

    काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने चम्किएपछि पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदीवसीय क्रिकेट खेलमा नेपालले जितका लागि सामान्य लक्ष्य भेट्टाएको छ । ओमान स्थित अल अमरेत क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले एक सय ३५ रनको लक्ष्य भेट्टाएको हो । 

    टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३४ रन बनाएको छ । नेपाली बलर चम्किएको खेलमा पीएनजीका लिगा सिआकाले सर्वाधिक ३० रन बनाए । चार्लेस अमिनीले २३ र गौडी टोकाले २२ रन बनाए । चाड सोपेरले अविजित १७ रन बनाए । 

    यसैगरी किप्लिन डोरिगा १५, सेसे बाउ १४ र कप्तान असाद भाला ४ रनमा आउट भए । टोनी उरा र नोसिना पोकानाले एक एक रन बनाए । जासन किला र डामिनराभु शुन्य रनमा पेभेलियन फर्किएका थिए ।

    पीएनजीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने एक्लैले चार विकेट लिए । पीएनजीविरुद्ध डेब्यु गरेका बिक्रम सोब र कुशल मल्लले समान दुई दुई विकेट लिए । सोमपाल कामीले एक विकेट लिएका थिए । दुई खेलको सिरिज अन्तर्गत नेपालले मंगलबार पीएनजीसँग पहिलो खेलेको हो । 

    दोस्रो खेल भने शुक्रबार हुनेछ । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीका लागि पीएनजीसँग सिरिज खेलेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend