logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • डेब्यू खेलको पहिलो बलमै विकेट

    डेब्यू खेलको पहिलो बलमै विकेट

    2.4K
    Shares

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर विक्रम सोबले डेब्यू खेलमै कीर्तिमान बनाएका छन् । तीब्र गतिका बलर विक्रमले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय क्रिकेट अन्तर्गत पहिलो बलमा विकेट लिदै कीर्तिमान बनाएका हुन् । 

    विक्रम डेब्यू खेलको पहिलो बलमै विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । दोस्रो ओभरमा बलिङ गर्ने मौका पाएका विक्रमले पहिलो बलमा टोनी उरालाई एक रनमै बोल्ड गरेका थिए । 

    विक्रम डेब्यू खेलको पहिलो बलमा विकेट लिने २८औँ खेलाडी बनेका छन् । मंगलबारको डेब्यू खेलमा उनले पाँच ओभरमा एक मेडनसहित २० रन खर्चिएर दुई विकेट लिन सफल भए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend