शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

एनआरएनए महासचिवमा गौरीराज जोशीको उम्मेदवारी 

एनआरएनए महासचिवमा गौरीराज जोशीको उम्मेदवारी 

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए)का सचिव गौरीराज जोशीले आगामी कार्यकालका लागि महासचिवमा उम्मेदवारी दिने भउका छन् । 
 
‘सक्षम, समावेसी र साझा एनआरएनए निर्माण हाम्रो अभियान’ नारासहित उनले महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । सचिव जोशीले महासचिवमा आफ्नो उम्मेदवारी स्वभाविक भएको बताएका छन् । 

‘सचिवले महासचिवको दाबेदारी पेश गर्नु स्वभाविक हो’, उनले भने । 

एनआरएनएको अधिवेशन आउँदो अक्टोबर अन्तिम साता अनलाइनमार्फत हुने तयारी छ । चितवनको मध्यम वर्गीय परिवारमा जन्मिएका उनी लामो समयदेखि अमेरिकामा व्यवसाय गर्दै आएका छन् ।  अमेरिकी डायष्पोरामा  उनलाई सफल व्यवसायी र समाजसेवीका रुपमा चिनिन्छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend