
काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान सचिव गौरीराज जोशीले २०२१- २३ कार्यकालका लागि महासचिव पदमा उम्मेदवारी दिने भएका छन् ।
‘सक्षम, समावेशी र साझा एनआरएनए निर्माण हाम्रो अभियान’ नारासहित उनले महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । वर्तमान सचिव भएका कारण महासचिवमा जोशीको उमेद्वारीलाई स्वभाविक मात्र नभई बलिया प्रतिस्पर्धीको रुपमा हेरिएको छ।
अघिल्लो निर्वाचनमा भारी मत पाएका जोशी अमेरिकामा व्यवसाय गर्ने सफल नेपाली व्यवसायी हुन्। देश छोडेर प्रवासमा रहेपनि उनले सधै नेपाल र नेपालीको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउदै आएका छन्।
गैर आवासीय नेपाली संघको निर्वाचन आउँदो अक्टोबर अन्तिम साता अनलाइनमार्फत हुने तयारी छ । चितवनको मध्यम वर्गीय परिवारमा जन्मिएका उनी सफल व्यवसायी र समाजसेवीका रुपमा अमेरिकी डायष्पोरामा परिचित छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend