logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • नेपाल र बंगलादेशको भिडन्त बिहीबार 

    नेपाल र बंगलादेशको भिडन्त बिहीबार 

    2.8K
    Shares

    काठमाडौं । एएफसी कप महिला छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले बिहीबार बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । 

    नेपालले दशरथ रंगशालमा बिहीबार र आइतबार दुई वटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । मैत्रीपूर्ण खेलका लागि बंगलादेशी टोली तीन दिनअघि काठमाडौं आइसकेको छ । 

    मैत्रीपूर्ण खेलअघि बुधबार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षकले जितको दाबी गरेका छन् । नेपाली टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले कोभिडको कठिन अवस्थामा बंगलादेशविरुद्ध खेल्न पाउनु राम्रो अवसर भएको बताए । 

    ‘हामीले ६ हप्ता तयारी गरेका छौं  । केही खेलाडी घाइते छन् । जसले गर्दा नयाँ खेलाडीलाई मौका मिल्नेछ,’ ग्यारीले भने । उनले टोलीकी प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ टोलीमा नहुँदा ठूलो घाटा भएको पनि बताए । ‘साम्बा नहुनु ठुलो घाटा हो । साम्बाको अभावमा टोलीलाई शारिरिक र मानसिक तनाव हुन्छ । तरपनि नेपालले जितका लागि खेल्नेछ,’ ग्यारीले भने । घुँडाको चोट बोकेकी साम्बा उपचारका लागि अहिले कतारमा छिन् । 

    यसैगरी बंगलादेशका प्रशिक्षक गोलाम छोटनले नेपालविरुद्धको मैत्रीपूर्ण खेलले एएफसी कपको छनोटमा सहयोग पुग्ने बताए । ‘हामी उत्कृष्ट प्रदर्शन गर्नेछौं । नेपाल बलियो टोली हो । हाम्रो टोलीमा अधिकांश खेलाडी उमेर समूहका छन् । तरपनि नेपालविरुद्धको खेल निकै प्रतिस्पर्धात्मक हुनेछ,’ गोलामले भने । 

    उनले पनि नेपालकी स्ट्राइकर सावित्रा भण्डारी दक्षिण एसियाकै उत्कृष्ट खेलाडी भएको भन्दै खु्लेर प्रशंसा गरे । एएफसी महिला एसियन कप २०२२ को छनोट खेल १० दिनपछि उज्वेकिस्तानमा हुँदैछ । छनोट खेलमा नेपाल समूह ‘एफ’मा परेको छ । नेपालको समूहमा फिलिपिन्स र हंङकङ छन् । समूहको शीर्ष टोलीले सन् २०२२ मा भारतमा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend