logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • बंगलादेशमाथि नेपालले गर्‍यो दुई गोल

    बंगलादेशमाथि नेपालले गर्‍यो दुई गोल

    2.6K
    Shares

    काठमाडौं । बंगलादेशबिरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले २–० गोलको अग्रता लिएको छ। दशरथ रंगशालमा ३३ मिनेटको खेल जारी रहँदा नेपालले दुई गोल गरेको हो।  बंगलादेशमाथि सविता रानाले पहिलो गोल गरेकी हुन् भने दोस्रो गोल प्रिती राईले गरिन् । दुवैजना यो खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । 

    नेपालले एएफसी महिला एसियन कप २०२२ को छनोट खेलको तयारीका लागि बंगलादेशसँग घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेलेको हो। नेपाल र बैगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ।

    एएफसी एसियन कप छनोट खेल नौ दिनपछि उज्वेकिस्तानमा हुँदैछ। छनोट खेलमा नेपाल समूह ‘एफ’मा परेको छ। नेपालको समूहमा फिलिपिन्स र हंङकङ छन्। समूहको शीर्ष टोलीले सन् २०२२ मा भारतमा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ।

    प्रिती र सविताको डेब्यु 
    मिडफिल्डर प्रिति राई र फरवार्ड सविता रानाले बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलबाट सिनियर राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका छन्।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा प्रीतिले रााष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन्। उमेर समूहको नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेकी प्रीतिले उमेर समूहमा कप्तानीसमेत गरिसकेकी छिन्। यसैगरी सविताले पहिलो रोजाईमा खेल्दै सिनियर राष्ट्रिय टोलीमा डेब्युको अवसर पाएकी हुन्।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend