काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली साफ च्याम्पियनसिपको अभ्यास र तयारीका लागि शुक्रबार कतार जाने भएको छ ।
नेपालले कतारमा दुई साता तयारी गर्नेछ । नेपाली टोलीलाई बिहिबार युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष शिक्षित पराजुली लगायतले बिदाई गरे ।
नेपाली टोलीलाई कतार फुटबल संघले आवास, खाना र प्रशिक्षणको ब्यवस्था गरेको छ । टोलीका प्रशिक्षक अब्दुल्ला अल्मुताइरी भने सामेबार नै कतार गाईसकेका छन् । नेपालले साफको अन्तिम तयारी कतारमा सकेर उतैबाट माल्दिभ्स जानेछ । कतारमा सम्भव भएसम्म केही मैत्रीपूर्ण अभ्यास खेल खेल्ने बताईएको छ ।
१३औं संस्करणको साफ अक्टोबर १ देखि १६ तारिखसम्म हुनेछ । तालिका अनुसार नेपालले अक्टोर १ तारिख घरेलु टोली माल्दिभ्ससँग पहिलो खेल खेल्नेछ । नेपालले लिग चरणको दोस्रो खेल श्रीलंकासँग अक्टोब ४, भारतसँग अक्टोबर १० र अन्तिम खेल १३ तारिख बंगलादेशसँग खेल्नेछ । पाँच टोली सहभागी प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल अक्टोबर १६ मा हुनेछ ।