logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • तीजमा नेपाललाई चेलीको गोल उपहार : बंगलादेशमाथि २-१ को जित 

    तीजमा नेपाललाई चेलीको गोल उपहार : बंगलादेशमाथि २-१ को जित 

    2.3K
    Shares

    काठमाडौं  । नेपालीको महान् पर्व हरितालिका तीजको दिन बिहीबार नेपाली महिला राष्ट्रिय फुटबल टोलीले सुखद खबर दिएका छन् । 

    बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले सानदार जित निकालेको छ । दशरथ रथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले पाहुना टोली बंगलादेशलाई २–१ गोलले हरायो । नेपालको जितमा सविता राना र प्रिती राईले गोल गरे । 

    सविताले १३औं र प्रितीले २३औं मिनेटमा गोल गरेका छन् । बंगलादेका लागि तोहुरा खातुनले दोस्रो हाफमा सान्त्वना गोल फर्काएकी थिइन् । सविता र प्रितीले राष्ट्रिय टोलीमा डेब्यु सहितको गोल गरेका हुन् । नेपाली महिला टोलीले बंगलादेशविरुद्ध घरेलु मैदान दशरथ रंगशालामा ‘डेब्यु’ समेत गरेको हो।

    नेपालले एएफसी महिला एसियन कप २०२२ को छनोट खेलको तयारीका लागि बंगलादेशसँग घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेलेको हो । नेपाल र बैगलादेश बीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।

    एएफसी एसियन कप छनोट खेल नौ दिनपछि उज्वेकिस्तानमा हुँदैछ । छनोट खेलमा नेपाल समूह ‘एफ’मा परेको छ । नेपालको समूहमा फिलिपिन्स र हंङकङ छन् । समूहको शीर्ष टोलीले सन् २०२२ मा भारतमा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ ।

    प्रिती, सविता, सिर्जना र रश्मीको डेब्यु 
    मिडफिल्डर प्रिति राई, फरवार्ड सविता राना, सिर्जना सिंह र रश्मीकुमारी घिसिङले बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट नेपालको सिनियर राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका छन् ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा प्रीतिले राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन् । उमेर समूहको नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेकी प्रितिले उमेर समूहमा कप्तानीसमेत गरिसकेकी छिन् । 

    यसैगरी सविताले पहिलो रोजाईमा खेल्दै सिनियर राष्ट्रिय टोलीमा डेब्युको अवसर पाएकी हुन् । यसैगरी सिर्जना दोस्रो हाफमा हिरा कुमारी भुजेलको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरिन् । रश्मी कुमारी घिसिङले मन्जली योन्जनको स्थानमा प्रवेश गर्दै डेब्यु गर्ने मौका पाइन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend