logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • निपा भाइरसको नेपालमा पनि जोखिम

    निपा भाइरसको नेपालमा पनि जोखिम

    2.5K
    Shares

    काठमाडाैं । भारतको केरलमा देखिएको निपा भाइरसको नेपालमा पनि जोखिम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयले  देशभरका स्वास्थ्य संस्थालाई ‘अलर्ट’ रहन निर्देशनसमेत दिएको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका स्वास्थ्य संस्थालाई परिपत्र गरेर निपा भाइरसको महामारी नियन्त्रणका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको हो । महाशाखाले सम्बन्धित निकायसँगको बैठकपछि सतर्कता अपनाउन देशभरका अस्पताललाई निर्देशन दिएको हो । निर्देशनमा कुनै बिरामीको तीव्र रूपमा स्वास्थ्य अवस्था बिग्रिएमा वा मृत्यु भएका तत्काल ‘अर्ली वार्निङ एन्ड रिपोर्टिङ सिस्टम (ईवाईआरएस)’ मार्फत जानकारी दिन भनिएको छ ।

    ‘रोगको यकिन निदान नभएमा वा तीव्र रूपमा बिरामीको स्वास्थ्य अवस्था बिग्रँदै गएका वा मृत्यु भएका बिरामीहरूको समयमै अनुसन्धान गरी सम्भावित महामारी न्यूनीकरण गर्ने प्रबन्ध ईवाईएआरएस रिपोर्टिङमार्फत गर्नुहुन सबै ईवाईएआरएस सेन्टिनेल साइट/अस्पतालहरूलाई सूचना गर्ने’ महाशाखाले देशभरका अस्पताललाई भनेकाे छ । 

    अहिले भारतको केरलमा निपा भाइरसको संक्रमण देखिएको छ। निपा भाइरसबाट एक जना १२ वर्षीय बालकको मृत्यु भएको पुष्टि भएको छ । केरल सरकारले नै निपाबाट बालकको मृत्यु भएको सार्वजनिक गरेको हो ।

    निपा भाइरस सबैभन्दा पहिले सन् १९९० मा मलेसियामा देखिएको थियो । यो सुँगुरबाट मान्छेमा सरेको थियो । त्यसपछि मान्छेबाट मान्छेमा सर्ने गरेको पाइएको छ ।

    nipah virus.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend