logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • नेपाल र अमेरिका भिड्दै

    नेपाल र अमेरिका भिड्दै

    2K
    Shares

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज सोमबारबाट सुरु हुँदैछ । ओमानको अल अमिरात क्रिकेट मैदानमा सोमबार (आज) साँझ ४ः१५ बजे सुरु हुने खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । 

    नेपालले सुखद नतिजा निकाल्ने लक्ष्य राखेको छ । नेपालका लागि अमेरिका बलियो प्रतिद्वन्दी हो । नेपालका कप्तान ज्ञानेन्द्र मल्लले अमेरिकाविरुद्धको खेल कठिन हुने बताएका छन् । 
    ‘अमेरिका धेरै राम्रो छ । बलियो टोलीसँग खेल्न कठिन नै हुन्छ । तर हामी राम्रो खेल्ने प्रयास गर्नेछौं,’ मल्लले भनेका छन् । 

    लिग–२ अन्तर्गत नै नेपालले यसअघि सन् २०२० को फेब्रुअरीमा घरेलु मैदानमा अमेरिकासँग दुई खेल खेलेको थियो । नेपालले दुबै खेल जितेको थियो । नेपालले लिग–२ खेल्नुअघि ओमानमै पपुवा न्युगिनी (पीएनजी) सँग दुई वटा एकदिवसीय सिरिज खेलेको छ । नेपालले सिरिजको दुवै खेल जितेको थियो । 

    लिग–२ मा नेपालले यसअघि घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । चार खेलबाट चार नै अंक बनाएको नेपाल छैटौं स्थानमा छ । १० खेल खेलेको ओमान १६ अंक सहित शीर्ष स्थानमा छ । १२ खेलबाट १२ नै अंक बनाएको अमेरिका दोस्रो स्थानमा छ ।

    यस्तो छ नेपाली टिम :

    कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र रोहित कुमार पौडेल ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend