logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • महिला फुटबल टोली उज्वेकिस्तान जाँदै 

    महिला फुटबल टोली उज्वेकिस्तान जाँदै 

    1.5K
    Shares

    काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोट प्रतियोगितामा सहभागीता जनाउन नेपाली राष्ट्रिय महिला टोली सामेबार राति उज्वेकिस्तान जाँदैछ । 

    राति ११ बजे उज्वेकिस्तान जाने महिला टोलीलाई सोमबारनै अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको छ । नेपाली टोली टर्कीको इस्तानबुल हुँदै उज्वेकिस्तान जाँदैछ । 

    छनोट खेलका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले यसअघिनै टोलीको घोषणा गरिसकेका छन् । ६ महिनादेखि तयारीमा रहेको नेपाली टोलीले भर्खर दशरथ रंगशालामा बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालले पहिलो खेलमा २–१ गोलको जित निकालेको थियो । दोस्रो खेलमा भने नेपाल गोलरहित बराबरीमा रोकिएको थियो । 

    उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोटमा खेलमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ । नेपालले असोज २ गते फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ । 

    नेपालले दोस्रो खेलमा हङकङसँग असोज ५ गते खेल्नेछ । फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ । समूहको शीर्ष टोली भारतमा आयोजना हुने एसिया कपका लागि छानिनेछ । एसियन कप सन् २०२२ जनवरी २० देखि फेबू्रुअरी ६ सम्म भारतमा हुनेछ ।

    नेपाली महिला टोली : 

    अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत,अनिता केसी, विमला बिक, विमला चौधरी, दिपा राई, गीता राना,  हिरा भुजेल, इन्द्र राई, मन्जली थोकर, निशा थोकर, प्रिती राई, पुजा राना, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरु लिम्बु र सिर्जना सिंह


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend