logo

२०८१ पुष १८ बिहिबार

logo
  • बिहिबार, १८ पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    एमाले १४ महिनापछि नौमती बाजा बजाएर सिंहदरबार पस्छ : ओली 

    एमाले १४ महिनापछि नौमती बाजा बजाएर सिंहदरबार पस्छ : ओली 

    3.9K
    Shares

    काठमाडाैं ।  नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले १४ महिनापछि नौमती बाजा बजाएर फेरि सिंहदरबार पस्ने दाबी गरेका छन् । 

    बिहीबार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमाले १४ महिनापछि नौमती बाजा, धिमे बाजा बजाएर पुन: सिंहदरबार पस्ने दाबी गरेका हुन् । 

    सम्बाेधनका क्रममा उनले भने, ‘चुनावमा यीनको हालत के हुन्छ थाहा छ ? चुनावमा जाँदा होक्काँ होक्काँ गर्दैछन् । चुनाव सकिएपछि फ्याँफ्याँ मात्र गर्छन् । त्यसपछि अस्ति नै भनेको छु । नेकपा एमाले सचेत कार्यकर्ताले एमाले कस्तो पार्टी हो भन्ने थाहा हुन्छ । यो पार्टी भेन्टिलेसनबाट होइन मुल ढोकाबाट सिंहदरबार बाजा बजाएर पस्छ । नौमोती र धिमे बाजा बजाएर पस्छ ।’

    ‍ओलीले अहिलेकाे सरकारले घण्टाघर भत्काए पनि पुन: १४ महिनामा एमालेले बनाउने बताए । उनले अहिलेकाे सरकारले बढी गरे भत्काउने काम मात्र गर्ने कटाक्ष गरे। ओलीले माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर हिँडेकाले उनका पछि नलाग्न र जीवन बर्बाद नपार्न आग्रहसमेत गरे ।

    ओलीले मौरीको संगत गरे फुलबारीमा पुग्ने र झिँगाको संगत गरे डंगुरमा पुग्ने भन्दै माधव नेपालका पछाडि नलाग्न अनुरोध समेत गरेका छन्। ओलीले मौरीले जहाँबाट जे टिपे पनि मह बनाउने, झिँगाले कहिल्यै मह नबनाएर रोग फैलाउने भन्दै पछाडि नलाग्न अनुरोध गरेका हुन्। 

    माधव नेपाल पार्टीबाट चोइटिएर गएको भन्दै ओलीले पछाडि नलाग्न कार्यकर्तालाई अनुरोध गर्दा झिँगा र मौरीको उदाहरण दिएका हुन्। 

    ‘मौरीको संगत गरे फुलबारीमा पुगिन्छ। झिँगाको संगत गरे फोहोरको डंगुरमा पुगिन्छ। नेकपा एमाले भनेको मौरीको गुँड हो’, ओलीले भने, ‘मौरी यस्तो हो जहाँबाट जे टिपेर ल्याए पनि निरोगी पवित्र मह बनाउँछ। झिँगाले कहिल्यै मह बनाउँछ ? रोग फैलाउने मात्र काम गर्छ। रोग फैलाउनेका पछाडि नलाग्नुहोस्।’ 

    याे पनि पढ्नुहाेस् । 

    माधव नेपाललाई झिँगाको संज्ञा दिँदै ओलीले भने : रोग फैलाउनेका पछाडि नलाग्नुहोस्..


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend