logo

२०८१ पुष १५ सोमबार

logo
  • सोमबार, १५ पुष २०८१
  • पदकमा गोलमाल : पहुँचवाला र भनसुनको वर्चस्व 

    पदकमा गोलमाल : पहुँचवाला र भनसुनको वर्चस्व 

    3.1K
    Shares

    काठमाडौं । राज्य सत्तामा पहुँच र भनसुन चल्नेका लागि संविधान दिवस मालामाल बन्ने गरेको छ । तर पहुँच नभएका सर्वसाधारणका संविधान दिवस केवल क्यालेन्डरको तिथिमै सिमित बन्दै आएको छ । सरकारले संविधान दिवसको अवसरमा हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पुर्‍याएको भन्दै विभिन्न व्यक्तिलाई विभूषण, अलंकार पदक पनि प्रदान गर्दै आएको छ । 

    यसपटक आइतबार परेको संविधान दिवसमा पनि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलंकार पदक प्रदान गरेकी छन् । यो गत वर्षको भन्दा ३३ प्रतिशतले बढी हो । गतवर्ष पाँच सय ९४ जनालाई यस्तो पदक प्रदान गरिएको थियो । 

    सरकारको नेतृत्व गर्ने दल र उसका कार्यकर्तालाई बढी प्राथमिकतामा राखेर दिइने पदक यसपटक गठबन्धनको सरकार बन्नुले पनि संख्या बढेको हो । केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेको विभुषण शेरबहादुर देउवा सरकारले उल्टाउँदै आफू निकटलाई बाँडेको हो । 

    पाँच दलको गठबन्धन सरकारले सिफारिस गर्ने विभिन्न पदकमा सत्ताधारी दलकै बर्चस्व देखिएको छ । पदक पाउनु पर्नेलाई भन्दा भनसुन र राज्य सत्तामा पहुँच भएकालाई गोलमाल रुपले पदक प्रदान गरिएको छ । पदक पाउनेमा दल निकट पत्रकार, व्यापारी, राजनीतिकर्मी, समाजसेवी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत छन् । 

    विगतदेखि मापदण्ड विपरित बाँडिदै आएको पदक यसपटक पनि विवाद रहित बन्न सकेन । पदकका लागि वास्तविक हकदार भन्दा नेता र मन्त्रीको आफन्त तथा पहुँच वालाको हालीमुहाली रह्यो । कतिपयले बेढंगी रुपले पदक बाँड्नु अनुचित भएको भन्दै पदक अस्वीकार समेत गरेका छन् । सरकारले मिडिया ‘ब्यालेन्स’ गर्न सम्बन्धित मिडियाका मालिक र त्यस मिडियामा काम गर्ने पत्रकारसम्मलाई पदक वितरण गरेको छ । 

    पदक पाउनेमा शीर्ष नेताका पत्नीदेखि दिवंगत भएका बाबु आमा समेत छन् । सरकारले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका दिवंगत बुवा मंगलकुमार उपाध्यायलाई प्रबल जनसेवाश्री पदकबाट सम्मानित गरेको छ । गौरस्थित जुद्ध हाइस्कूलको प्रधानाध्यापक र रौतहट क्याम्पसका पूर्व क्याम्पस प्रमुख रहेका उपाध्यायलाई साहित्यकारका रूपमा पदक प्रदान गरिएको हो ।

    पदक पाउनेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल पनि छन् । दाहाललाई सरकारले सुप्रसिद्ध प्रबल जनसेवाश्रीले विभुषण गरेको छ । विभूषण पाउनेको ३६औं नम्बरमा सीता दाहालको नाम छ ।

    सरकारले नेपाल रत्न दिवंगत प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, राष्ट्र गौरवबाट दिवंगत सुवर्षण शम्शेर राणा र पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई विभूषित गरेको छ । सरकारले महाउज्वल राष्ट्रद्वीप प्रथम श्रेणी ५ जनालाई प्रदान गरेको छ । यो पदक पाउनेमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणादेखि दिवंगत स्वर सम्राट नारायण गोपालसम्म रहेका छन् । 

    पत्रकार थापा, अमृत र सायमीले गरे पदक अस्वीकार  

    क्रिकेट र फुटबल कप्तानलाई प्रवल जनसेवा श्री

    प्रचण्ड पत्नी सीतालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend