
काठमाडौं। कुल आचार्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
आइतबार काठमाडौंमा एक विशेष कार्यक्रम गरेर आचार्यले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका हुन्। अघिल्लो अधिवेशनमा कुमार पन्तसँग पराजित भएका आचार्यले आफ्नो योजना सार्वजनिक गर्दै उम्मेदवारी घोषणा गरेका हुन्।
एक एनआरएन एक रोजगार कार्यक्रम कार्यान्वयन गर्ने घोषणा उनले गरेका छन्। आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिएपछि तयार पारेको प्रतिज्ञापत्र चाँडै सार्वजनिक गर्ने बताए। पर्वतका आचार्य २२ वर्ष अगाडि बेलायत पुगेका हुन्। उनले प्रतिज्ञापत्र बेलायतबाट सार्वजनिक गर्ने बताएका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend