काठमाडाैं । नेप्से परिसूचक सोमबार ७३.०५ अंकले घटेर २ हजार ६ सय ८५.४२ विन्दुमा बन्द भएको छ । आइतबार करिब ६१ अंकले घटेको नेप्से सोमबार पनि घटेकाे छ ।
दिनभर करिब ५ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर करोबार भएको छ । आइतबार ६ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार ५ अर्ब १२ करोडमा सीमित भएकाे हाे ।
सोमबार सबै समूहहरु राताम्मे भएका छन् ।
बैंकिङ ४४, ब्यापार ४१, होटल तथा पर्यटन ९०, विकास बैंक १९४, जलविद्युत ८०, फाइनान्स ११२, निर्जीवन बीमा ४३९, उत्पादन १०४, अन्य ४६, माइक्रोफाइनान्स १३२, जीवन बीमा ४३७ र लगानी समूह २ अंकले घटेका छन् ।