काठमाडौं । अनुहारमा आउने अनावश्यक रौँका कारण धेरै महिलाहरु चिन्तित हुन्छन् । यसलाई कतिपयले थ्रेडिङ वा वाक्सिङ गरेरपनि हटाउने गर्दछन् । यद्यपी, हामी यसलाई घरेलु उपायले पनि हटाउन सक्दछौँ ।
१. अण्डाको सेतो भागमा एक चम्चा कर्न फ्लोर र एक चम्चा चिनी राख्ने र यसलाई राम्रोसँग घोल्ने
२. अब तयार भएको लेपलाई अनुहारमा लगाउने
३. अनुहारमा लगाएको लेप सुकेपछि हल्का मनतातो पानीले धुने
यसो गर्नाले अनुहारको रौँ हटेर जान्छ । अण्डामा पाइने प्रोटिनले अनुहारको छालालाई कसिलो बनाउनुको साथै चमकदार पनि बनाउने गर्दछ ।
त्यस्तै कागती, पानी र चिनीको सहायताले पनि अनुहारको रौँ हटाउन सक्दछौँ । जसका लागि एक कप पानीमा दुई कप चिनी र पानी मिसाउने । यसरी तयार भएको लेपलाई अनुहारमा लगाएर केही समय राख्ने । लेप सुकेपछि हल्का मनतातो पानीले मुख धुने ।
कागतीमा पाइने एन्टी अक्सिडेन्टले अनुहारमा भएको दाग धब्बालाई धमिलो बनाउने गर्दछ ।
त्यस्तै बेसनको पिठो, बेसार र दूधको मिश्रणबाट पनि अनुहारको रौँ हटाउन सक्दछौँ । यसको लेपलाई लगाइसकेपछि ३० मिनेटसम्म छोड्नुपर्छ ।
बेसारले छालाको चमकलाई बढाउने काम गर्दछ ।