शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

राेकिएन नेप्सेकाे पहिराे, काराेबार रकम सामान्य बढ्याे 

राेकिएन नेप्सेकाे पहिराे, काराेबार रकम सामान्य बढ्याे 

काठमाडाैं । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ७० अंकले घटेकाे छ । साेमबार २६८५.४५ विन्दुमा बन्द भएको बजार मंगलबार २६१५.४० बिन्दुमा झरेको छ ।

आइतबार र सोमबार पनि उच्च अंकले घटेको बजार मंगलबार पनि घटेकाे हाे । मंगलबार सेन्सेटिभ इण्डेक्स ११.४२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.१८ अंक घटेको छ ।

मंगलबार कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । साेमबार ५ अर्ब १२ करोडको सेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ बराबरको काराेबार भएकाे छ । 

मंगलबार सबैभन्दा धेरै फाइनान्स कम्पनीका शेयर धनीले ७.३७ अंकले गुमाउन पुगेका छन् । यसैगरी, हाइड्रोपावर कम्पनी र विकास बैंकका शेयर धनीले पनि उच्च अंकले गुमाउन पुगेका छन् । 

मैलुङ खोला र मनकामना लघुवित्तको शेयरमा भने सकारात्मक सर्किट लागेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend