logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • थप उपचारका लागि वर्षमान पुन थाइल्याण्ड प्रस्थान

    थप उपचारका लागि वर्षमान पुन थाइल्याण्ड प्रस्थान

    2.5K
    Shares

    काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुन थप उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् । 

    उनका सचिवालयले जनाए अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट बुधबार बिहान उनी थाइल्याण्ड प्रस्थान गरेका हुन् । उनको साथमा पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि थाइल्याण्ड गएकी छन्। 

    पछिल्ला केही दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि चिकित्सकले बैंकक लैजाने सल्लाह दिएका थिए । नेता पुनमा अस्वभाविक रुपमा जण्डिसको मात्रा बढेको, वान्ता हुने र ज्वरो आउने जस्ता समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो ।

    जण्डिसको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहालले नै नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिएका थिए । 

    उनलाई बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराउने तयारी छ। यसअगाडि पुनले सुमेरु अस्पतालमा उपचार गराएका थिए।

    वर्षमान पुनको के हो स्वास्थ्य समस्या ? 

    पुन उपचारका लागि थाइल्याण्ड जाँदै 

     

    barsaman-pun.jpg

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend