logo

२०८१ माघ १९ शनिबार

logo
  • शनिबार, १९ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    गरिमा बैंकका ग्राहकलाई ‘एरोगिन सेन्टर’मा कपाल प्रत्यारोपण गर्दा ४० प्रतिशत छुट 

    गरिमा बैंकका ग्राहकलाई ‘एरोगिन सेन्टर’मा कपाल प्रत्यारोपण गर्दा ४० प्रतिशत छुट 

    4.3K
    Shares

    काठमाडौं। गरिमा विकास बैंकका ग्राहकलाई ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’मा कपाल प्रत्यारोपण गर्दा ४० प्रतिशतसम्म छुट हुने भएको छ।

    गरिमा विकास बैंकले काठमाडौंको विशालनगरमा रहेको ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’सँग त्यहाँबाट प्राप्त हुने सेवासुविधामा आकर्षक छुटको लागि सम्झौता गरेको हो।

    बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताले ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’को सेवा सुविधामा विभिन्न छुट प्राप्त गर्नेछन्।

    बैंकले विज्ञप्ति सार्वजनिक गर्दै हेयर ट्रान्सप्लान्ट गर्दा २५ देखि ४० प्रतिशत, स्किन एण्ड लेजर ट्रिटमेन्टमा ३० प्रतिशत, हेयर फल ट्रिटमेन्टमा २५ प्रतिशत, डेन्टल ट्रिटमेन्टमा २० र ल्याब इनभेस्टिगेसनमा १५ प्रतिशत छुट दिने उल्लेख गरेको छ।

    MOU-garima-bikas-bank1.jpg

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend