logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • आठ वर्षमा ६६ जिल्लाका १ हजार १० शवको पहिचान भएन

    आठ वर्षमा ६६ जिल्लाका १ हजार १० शवको पहिचान भएन

    2.4K
    Shares

    –घटना १

    असोज ३ गते साँझ रुपन्देहीस्थित बुटवल – भैरहवा सडक खण्डमा लु १ ख ९०१८ नम्बरको ट्रकले एक युवालाई ठक्कर दियो। 
    ठक्करपछि घाईते युवालाई उपचारार्थ मर्सिसिटी अस्पतालमा लगियो। उपचारकै क्रममा उनको मृत्यु भयो। तर अहिलेसम्म उनको परिचय खुल्न सकेको छैन। अन्दाजी साढे पाँच फिट अग्लो ति युवाको पहिचानका लागि प्रहरीले मातहतमा सर्कुलर जारी गरेपनि कोही आफन्त दावी गर्न आएका छैनन्। 

    –घटना २

    गत साउन २२ गते साँझ ६ बजे राजधानीको बालाजु माछापोखरीस्थित माछापोखरी सपिङ सेन्टरको पछाडीको प्यासेजमा एक युवा मृत फेला परे। पाँच फिट दुई ईन्चका ति युवा अन्दाजी २५/२६ वर्ष उमेर रहेको प्रहरी दावी छ। तराईमूलको जस्तो देखिने, च्याम्पियन लेखिएको सेतो रंगको टिर्सट लगाएको, नीलो जिन्स प्याईन्ट लगाएको ति युवाको हुलिया हो। प्रहरीले शव पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा लगियो। तर, ति युवाको पहिचान खुलेको छैन। आफन्त पनि कोही दावी गर्न आएका छैनन्। 

    –घटना ३

    असोज ३ गते रुकुम–पश्चिम चौरजहारी नगरपालिकास्थित ठूलो भेरी नदीको बगरमा एक महिला मृत फेला परिन्। अन्दाजी ४०/४२ वर्षर्की देखिने ति महिलाको सरीरको भाग पुरै नग्न थियो। उनको हत्या भएको आशंका पनि छ। शव सडेगलेकोले अनुहार यकिन पहिचा समेत हुन नसकेको प्रहरीको भनाइ छ।

    माथिका यी तीनवटा घटना फरक–फरक जिल्लामा भेटिएका बेबारिसे शवका प्रतिनिधिमुलक मात्र हुन् । २०७१ देखि हालसम्म सिरहा, सप्तरी, सुनसरी, झापा, मकवानपुर, चितवनलगायत ६६ जिल्लाका १ हजार १० ओटा शवकाे अझैसम्म सनाखत हुन सकेकाे छैन । प्रहरीले सनाखत हुन नसकेका शवकाे फाेटाे र हुलिया स्थानीय तहमा समन्वय गरेर पहिचानकाे लागि प्रयास गर्दै आएकाे छ । अहिले शव गृहमा राखिएका बेबारिसे शवहरु उपत्यका बाहेकका हकमा चिनिनँ नसकिने अवस्थामा छन् । 

    खासगरी बेवारिसे शव भेटेपछि प्रहरीले मुचुल्का उठाउँछ। शव पोष्टमार्टमको लागि अस्पताल पुर्‍याउँछ। शवको पहिचानका लागि प्रहरी युनिटहरुमा हुलियासहितको परिपत्र गर्छ। लामो समयसम्म पहिचान नभएपछि केही अस्पतालको शव गृहमा राख्छ भने केही प्रकृया पुर्‍याएर जलाउने वा गाड्ने चलन छ। 

    प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी बसन्त बहादुर कुँबरका अनुसार शव सनाखत गर्नकै लागि अहिले सम्भव भएका ठाउँमा सुरक्षित राख्ने र नभएका ठाउँमा जलाउने गरिएको छ। ‘ उपत्यका लगायत केही जिल्लामा त लामो समयसम्म पनि शव सुरक्षित नै राख्न सकियो, ‘कुँवरले भने,‘ जहाँ सम्भावना नै छैन। गन्हाउने, कुहिने जस्ता समस्या आएपछि प्रकृया पुर्‍याएर सदगद् गर्दै आएका छौँ।’

    भूकम्पका बेला भेटिएका १३ शवको अझै सनाखत बाँकी

    २०७१ वैशाख १२ गते गएको विनाशकारी भूकम्पका बेला भेटिएका १३ शवको अझै सनाखत हुन सकेको छैन । काठमाडौंका विभिन्न स्थानमा भेटिएका १०, रसुवा लाङ्टाङमा दुई वटा र भक्तपुरमा भेटिएको एउटा गरि १३ शवको अझै सनाखत हुन नसकेको प्रहरी मुख्यालयले जनाएको छ।

    कुन प्रदेशका कति ?

    उपत्यका – १६८
    प्रदेश १ – ४९
    प्रदेश २ – २३२
    बागमती प्रदेश – १६२
    गण्डकी – १४६
    लुम्बिनी – २१७
    सुदूरपश्चिम – २३
                                                                              


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend