logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • साहित्यकार डा. नवराज लम्सालको महाकाव्य ‘अग्नि’ सार्वजनिक

    साहित्यकार डा. नवराज लम्सालको महाकाव्य ‘अग्नि’ सार्वजनिक

    3.3K
    Shares

    काठमाडौं । साहित्यकार डा नवराज लम्सालद्वारा लिखित ‘अग्नि’ महाकाव्य लोकार्पण गरिएको छ । राजनीतिक चिन्तक विश्वभक्त दुलाल आहुति, समालोचक डा रामप्रसाद ज्ञवाली र कवयत्री डा गीता त्रिपाठीले संयुक्तरुपमा उक्त महाकाव्यको लोकार्पण गरेका हुन् । मुलुकको राजनीति र इतिहासमा पछि परेका समान्तकृत वर्गसमुदायका पीडा र भोगाइका विषयवस्तु समेटिएको उक्त महाकाव्यमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, सेन राजा, मकवानपुर र जेठी तरवारको चर्चा गरिएको छ ।

    राज्यशक्तिको वलमा सीमान्तकृत समुदायलाई कसरी पीडा पु¥याउन सक्नलगायत घटनाका नालीबेली तथा त्यस बेलाको समाज, पात्र र प्रवृत्ति समेटेर तयार गरिएको उक्त महाकाव्यमा समाज शुद्धिकरण, कर्मका आधारमा व्यक्तित्व निर्माण र मुक्ति प्राप्त विषयमा ज्ञान दिन खोजिएको छ । सो अवसरमा लेखक आहुतीले साहित्यकारका सिर्जनामा दलित पात्र हुँदैमा सीमान्तकृत समुदायका आवाज र हकहितका लागि सम्बोधन भई हाल्छ भन्ने अवस्था नरहेको बताए ।

    उनले भने, ‘सिर्जनामा दलित पात्र हुँदैमा उक्त वर्ग समुदायको हित गर्छ भन्ने हुन्न, विगतका केही चर्चित पुस्तकमा जात प्रथाको पीडनमा परेकालाई दाया प्रदान गर्ने सिवायक ठोस कुरा पाइन्न तर यस महाकाव्यले  समाजका विकृति, विसङ्गति र जातीय व्यवस्था परिवर्तन गर्न सहयोग गर्नेछ ।’ समालोचक डा रामप्रसाद ज्ञवालीले युग विशेषमा सीमान्तकृत जाति, वर्ग समुदाय कसरी सामाजिक र सांस्कृतिक शोषणमा परे भन्ने विषयवस्तु काव्यका माध्यमबाट समाजमा सुसूचित गराउन साहित्यकार लम्साल सफल भएको धारण राखे ।

    कवयत्री त्रिपाठीले सीमन्तकृत समुदायको पीडा र भोगाईंलाई गहि¥याइसम्म पुगेर तयार गरिएको महाकाव्यमा नेपाली समाज, संस्कृति र जातीय विभेद्सँग जोडिएका घटना मौलिक र स्वतन्त्ररुपमा राखिएको टिप्पणी गरे । साहित्यकार डा लम्सालले जातको आधारमा हुने छुवाछुत र सनातन उत्पीडनको लामो कथालाई महाकाव्यमार्फत उजागर गर्ने कोसिस गरेको बताए ।

    पूर्वीय साहित्य अध्ययनमा विशेष दख्खल राख्नु हुने साहित्यकार लम्सालका यसअघि कर्ण र धरा नाम महाकाव्य प्रकाशित छन् । बुकहिल प्रकाशनले बजारमा ल्याएको गद्यमा लेखिएको उक्त महाकाव्य ४२ सर्ग छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend