शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

६ अंकले घट्यो नेप्से, कारोबार रकम साढे ३ अर्बमा सीमित

६ अंकले घट्यो नेप्से, कारोबार रकम साढे ३ अर्बमा सीमित

काठमाडौं । साेमबार शेयर बजार ६ दशमलव ६८ अंकले घटेर २५ सय ७० दशमलव ८१ अंकमा झरेको छ ।

साेमबार दिनभरमा २२७ वटा कम्पनीको ७६ लाख ५३ हजार २२० कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ६२ करोड ७७ लाख ९९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

साेमबार होटल्स एण्ड टुरिजम, माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स कम्पनी र अन्य बाहेक सबै उपसूचक घटेका छन् । साेमबार सबभन्दा बढी यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । 

कम्पनीको १२ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल बैंकको ११ करोड ३५ लाख, हिमालयन डिस्टीलरीको १० करोड २९ लाख र नेशनल हाइड्रोपावर कम्पनीको ९ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend