काठमाडौं । सशस्त्र प्रहरी बल अस्पतालले नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेकोे जनाएको छ ।
अस्पतालले सोमबार एक विज्ञप्ति जारी गरी उनी यही असोज १२ गतेदेखि बलम्बुमा भर्ना भई कोभिड–१९ निमोनियाका लागि उपचाररत रहको र अहिले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको हो । अस्पतालले उनको पछिल्लो स्वास्थ्य अवस्था र परीक्षणको रिपोर्ट बारेमा अवगत गराएको हो ।