शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

शेयर बजार हरियाली, करिब तीन अर्बमा खुम्चियाे काराेबार रकम

शेयर बजार हरियाली, करिब तीन अर्बमा खुम्चियाे काराेबार रकम

काठमाडाैं । केही दिनयता निरन्तर घटिरहेको शेयर बजारमा मंगलबार हरियाली छाएको छ । नेप्से परिसूचक बढे पनि यस दिन कारोबार रकम भने खुम्चिएकाे छ ।

मंगलबार नेप्से परिसूचक ४१.८४ अंकले बढेर २६१२.६५ विन्दुमा पुगेको छ । मंगलबार कुल २२३ कम्पनीको २ अर्ब ९९ करोड ६८ लाख रुपैयाँको मात्रै शेयर कारोबार भएको छ।

मंगलबार ब्यापारबाहेक सबै उपसमूह बढेको छ । सर्वाधिक जीवन बीमा ३०७ अंकले बढेको छ । वाणिज्य बैंक समूह १८.७४ अंकले बढेको छ । मंगलबार एनआइसी लघुवित्तको सेयर मूल्य भने घटेर सर्किट लागेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend