काठमाडाैं । दसैँपछि कारोबार भएको पहिलो दिन आइतबार दोहोरो अंकले वृद्धि भएको शेयर बजार दोस्रो दिन सोमबार फेरि ओरालो लागेको छ ।
सोमबार बजार मापक नेप्से परिसूचक ६९ दशमलव ५१ अंकले घटेर २ हजार ५ सय ८७ दशमलव ४५ अंकमा झरेको छ । सेन्सेटिभ परिसूचक पनि १२ दशमलव ४३ अंकले घटेको छ ।
सोमबार कारोबार रकममा पनि गिरावट आएको छ । ८७ लाख ७६ हजार ३३७ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७ सय ९१ रुपैयाँको मात्र भएको छ ।