logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • फिफा वरीयतामा एक स्थान खस्कियो नेपाल 

    फिफा वरीयतामा एक स्थान खस्कियो नेपाल 

    2.5K
    Shares

    काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल खस्किएको छ । 

    फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक सय ६९ औं स्थानमा झरेको हो । यसअघि नेपाल एक सय ६८औं स्थानमा थियो । 

    नेपालले हालै माल्दिभ्समा सम्पन्न १३औं साफ च्यासिम्पयनसिपमा फाइनलमा पुगेपनि वरीयता भने खस्किएको छ । पाँच टोली सहभागी साफमा नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएको थियो । बंगलादेशसँग बराबरी खेलेको नेपाल भारतसँग लिग चरण र फाइनलमा गरी दुई पटक पराजित भएको थियो । 

    दक्षिण एसियाली देशमा भने नेपाल तेस्रो स्थानमा छ । एक स्थान सुधार गरेको भारत समग्रमा १०६ स्थानमा छ । दुई स्थान सुधार गरेको माल्दिभ्स १५६औं स्थानमा छ । साफमा नेपालभन्दा पछि रहेकामध्ये भुटान र बंगलादेश पनि वरीयतामा सुधार गरेका छन् । भुटान १८६औं र बंगलादेश १८७औं स्थानमा छन् । 

    फिफाको प्रतिवन्धमा रहेको पाकिस्तानले पनि एक स्थान सुधार गर्दै १९७औं स्थानमा छ । एक स्थान सुधार गरेको श्रीलंका समग्रमा २०४ स्थानमा छ । विश्व वरीयतामा शीर्षस्थानमा बेल्जियम यथावत छ । ब्राजिल दोस्रो तथा एक स्थान सुधार गरेको फ्रान्स र इटली क्रमशः तेस्रो र चौथो स्थानमा छन् । इङ्ल्यान्ड पाँचौं स्थानमा छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend