शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सेयर बजारमा दाेहाेराे अंककाे ओरालो

सेयर बजारमा दाेहाेराे अंककाे ओरालो

काठमाडौं । बिहीबार साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक १४ दशमलव ७० अंकले घटेर दुई हजार ५५६ दशमलव ९५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । 

बिहीबार २१६ कम्पनीको ६ करोड १० लाख ६ हजार ४५२ कित्ता सेयर कारोबार हुँदा कुल दुई अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार गर्नेमा सानिमा बैंक रहेको छ । बैंकको २७ करोड १२ लाख ९७ हजार ६०९ दशमलव ८० रुपैयाँको कारोबार भएको छ ।

बिहीबार अन्य र म्युचल फण्डको समूह मात्रै हरियो देखिएका छन् । व्यापार, विकास बैंक, फाइनान्स समूहको सूचक दुई प्रशितभन्दा धेरैले ओरालो लागेको छ । 

त्यसैगरी, सबैभन्दा धेरै फाइदा कमाउनेमा मेरो सेयरका लगानीकर्ता रहेका छन् । लघुवित्त १४४ दशमलव ८० अंकले फाइदामा गएको छ ।  त्यस्तै, सबैभन्दा धेरै नोक्सान व्यहोर्नेमा जोशी हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । कम्पनी माइनस १७ दशमलव ६० अंकले घाटामा गएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend