logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • डब्लुएचओको आँकलन : कोभिडबाट एक लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु 

    डब्लुएचओको आँकलन : कोभिडबाट एक लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु 

    2.6K
    Shares

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड १९ महामारीले विश्वमा ८० हजारदेखि १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको अनुमान गरेको छ ।

    विश्वभरि १३ करोड ५० लाख स्वास्थ्यकर्मी रहेको अनुमान छ । तर कोभिड महामारीका कारण  सन् २०२० को जनवरीदेखि सन् २०२१ को मेसम्म उक्त संख्यामा स्वास्थ्यकर्मीको ज्यान गएको डब्लुएचओको अनुमान रहेको बीबीसीमा उल्लेख छ । 

    डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले स्वास्थ्यकर्मीलाई कोभिड खोपका लागि प्राथमिकतामा राख्नुपर्ने बताए । विश्वका १ सय १९ मुलुकबाट प्राप्त विवरणले विश्वभरि औसतमा पाँचजना स्वास्थ्यकर्मीमध्ये दुई जनाले कोभिड खोप लगाउन पाएको उनले उल्लेख गरे ।

    उनका अनुसार अफ्रिकामा दशजना स्वास्थ्यकर्मीमध्ये एक जनाभन्दा कमले पूर्ण मात्रा खोप लगाउन पाएका छन् जबकि उच्च आय भएका देशमा दशमध्ये आठ जानले खोप लगाइसकेका छन्।

    यसअघि डब्ल्यूएचओका वरिष्ठ अधिकारी डा। ब्रुस एल्वर्डले खोपको असमान वितरणले गर्दा कोभिड सङ्कट ‘सन् २०२२ को अन्त्यसम्म सजिलैसँग धकेलिने’ बताएका थिए।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend