सिराहा । सिराहा जिल्लाको सदरमुकाम सिराहामा रक्तसंचार केन्द्र स्थापना भएको छ । सिराहा अस्पतालमा रक्तसंचार केन्द्र नहुँदा बिरामीले लाहानस्थित अस्पतालबाट रगतको जोहो गर्नुपर्ने बाध्यता थियो ।
मातृभुमि युवा समाज नेपालको सक्रियता र सिराहा अस्पतालको सहयोगमा रक्तसंचार केन्द्रको स्थापना गरिएको हो । मातृभुमि युवा समाज नेपालका उपाध्यक्ष अभिनाशकुमार पुर्वेकाअनुसार सिराहा अस्पतालमा स्थापना भएको रक्तसंचार केन्द्रको सिराहा अस्पतालका अध्यक्ष शैलेन्द्रकुमार ठाकुर र सिराहा नगरपालिका वडा नम्बर १ का अध्यक्ष महेशकुमार यादबले संयुक्त रुपमा उदघाट्न गरेका हुन् ।
पुर्वेकाअनुसार उक्त रक्तसंचार केन्द्र अहिले ३० पोका भण्डारण हुने क्षमताको बनाइएको छ । यो रक्तसंचार केन्द्रबाट बिरामीले प्रति पोका १ हजार रुपैयाँका दरले जुनसुकै समूहको रगत प्राप्त गर्न सक्छन् ।