logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • खेलमा भविष्य देख्नेहरुको जमात बाक्लिन थाल्याे : प्रकाशमान सिंह

    खेलमा भविष्य देख्नेहरुको जमात बाक्लिन थाल्याे : प्रकाशमान सिंह

    1.7K
    Shares

    काठमाडाैं ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले खेलमा भविष्य देख्नेहरुको जमात बाक्लिन थालेको बताएका छन् ।

    मंगलबार गणेशमान सिंह स्पोर्ट कमिटीले आयोजना गरेको ‘टेनिस टुर्नामेण्ट २०२१’ मा बोल्दै नेता सिंहले आन्तरिक खेलले खेलाडीहरुलाई अवसर दिने बताउँदै खेलमा भविष्य देख्नेहरुको जमात बाक्लिन थालेको र खेलमा आकर्षित हुनेहरु बढ्न थालेको बताएका हुन् । उनले कोराना भाइरसको जोखिमका बेला पनि कमिटीले खेलाडीहरुलाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालन गरेकोप्रति खुशी व्यक्त गरे ।

    उनले आन्तरिक खेलले खेलाडीहरुको मनोबल बढाउने पनि बताए । यो खेल टेबल टेनिसको इतिहासमा कोशेढुंगा सावित हुने गरी कमिटीले काम गर्ने विश्वास व्यक्त गर्दै नेता सिंहले खेलले नै मानसिक र शारीरिक रुपमा स्वस्थ राख्ने बताए । नेता सिंहले भने– ‘आन्तरिक खेलले खेलाडीहरुलाई अवसर सिर्जना गर्छ, यस्ता टुर्नामेण्ट भए मात्र खेलाडीले आफ्नो प्रदर्शन गर्न पाउँछन् ।’

    गणेशमान सिंह स्पोर्ट्स कमिटीले आयोजना गरेको ‘टेनिस टुर्नामेण्ट २०२१’ मंगलबारदेखि सुरु भएको छ । टुर्नामेण्ट कार्तिक १६ गतेसम्म चल्नेछ भने यसमा ८ वर्ष उमेर समूहदेखि ६५ वर्षसम्मका खेलाडीहरुले भाग लिन पाउनेछन् । विजेताले ७ लाख २५ हजार धनराशी बराबरको पुरस्कार पाउने आयोजकले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend