काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको महाधिवेशन मंसिरभित्रै सक्ने गरी अगाडि बढाउन आग्रह गरेका छन्।
मंगलबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा आयोजित बैठकमा सभापति देउवाले मंसिरभित्र महाधिवेशन सक्ने गरी कार्यतालिका बनाउन निर्वाचन समितिलाई आग्रह गरेका हुन्। कांग्रेसको १४ औं महाधिवेशन मंसिर ९ देखि १३ सम्म गर्ने तय भएको छ ।
तर कतिपय जिल्लामा वडा अधिवेसन नहुँदा कार्यतालिका प्रभावित बनिरहेको छ । सभापति देउवाले मंसिरभित्र महाधिवेशन सक्ने गरी अगाडि बढ्न आग्रह गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि बताएका छन् ।
महाधिवेशन कार्यतालिकाबारे छलफल गर्न कांग्रेसको केन्द्रीय समितिको बैठक राख्न आफूले माग गरेको वरिष्ठ नेता पौडेलले बताए। ‘मैले केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेको छु, सभापतिजीले बोलाउनुहोला,’ बैठकपछि सञ्चारकर्मीसँग पौडेलले भने, ‘पहिले बनेको कार्यतालिकालाई ध्यानमा राखेर कसरी छिटो अधिवेशन गर्न सकिन्छ भन्ने कुरा नेतृत्वले ख्याल गर्नुपर्छ भनेका छौं।’
कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन नै गर्न सकेको छैन । कतिपय जिल्लामा भने जिल्ला अधिवेशन नै सकिइसकेको छ।
‘