गोरखा । एमालेको १०औँ महाधिवेशन अन्तर्गत मंगलबार पालिका अधिवेशन भएको छ । गोरखाका ११ मध्ये १० पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
सदरमुकाम गोरखा नगरपालिकामा देवीबaहादुर बस्नेत अध्यक्ष बनेका छन् । पालुङटार नगरपालिकाको अध्यक्षमा बसन्तकुमार श्रेष्ठलाई सर्वसम्मत रुपमा चयन गरिएको छ । गण्डकी गाउँपालिकामा विष्णु पन्त, सहिद लखनमा बलबहादुर थापा, भीमसेन थापा गाउँपालिकामा सुजन सिंखडा, आरुघाटमा मेनबहादुर अधिकारी अध्यक्ष बने ।
सिरान्चोकमा विराज गुरुङ, अजिरकोटमा लिलाबहादुर सुनार, धार्चेमा सुक घले र बारपाक सुलिकोट गाउँपालिकामा हरि बस्नेत अध्यक्ष बनेका छन् ।
चुमनुब्री गाउँपालिकामा भने भौगोलिक विकटताका कारण अहिले अधिवेशन गर्ने अवस्था नरहेको एमाले गोरखाका अध्यक्ष प्रेम गुरुङले बताए । सबै पालिकाको कमिटी सर्वसम्मत चयन भएको उनले बताए ।