logo

२०८१ पुष २१ आइतबार

logo
  • आइतबार, २१ पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    पत्रकारलाई सर्वोच्च अदालत प्रवेशमा रोक

    पत्रकारलाई सर्वोच्च अदालत प्रवेशमा रोक

    2.7K
    Shares

    काठमाडौं । सर्वोच्च प्रशासनले पत्रकारहरुलाई अदालत प्रवेशमा अवरोध गरेको छ ।

    राजीनामाका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि चौतर्फी दबाब भइरहेका बेला अदालत परिसरमा सुरक्षाकर्मी बढाइएको छ । सुरक्षाकर्मीहरुले कागजपत्र पुगेन र यो परिचयपत्र हुँदैन भन्दै सञ्चारकर्मीहरुलाई अवरोध गरेका छन् ।

    प्रवेश दिइएका पत्रकारहरुलाई बुधबार बसेको एक मात्र इजलासमा प्रवेश दिइएन । प्रधानन्यायाधीशको राजीनामा माग गर्ने न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका बेला जबराले आफ्नो एकल इजलासमा पाँच मुद्दामा सुनुवाइ गरेका थिए । तर सञ्चारकर्मीलाई भने प्रवेश दिइएन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend