logo

२०८१ पुष २० शनिबार

logo
  • शनिबार, २० पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा 

    बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा 

    1.3K
    Shares

    मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत नपाउने भएपछि राजीनामा दिएकी छन् । 

    बुधबार दिउँसो बोलाइएको प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै शाक्यले राजीनामा दिएकी हुन् । प्रदेशसभामा सम्बोधनका क्रममा आफ्नो दुई महिने कार्यकालका कामको समीक्षा गर्दै शाक्यले राजीनामा दिएकी हुन् । 

    २०७८ भदौ २ गते मुख्यमन्त्री बनेकी शाक्य दुई महिना १० दिन मात्र मुख्यमन्त्री बनेकी हुन् । उनी नेपालको पहिलो महिला मुख्यमन्त्री हुन् । नेकपा (एमाले)को विवादमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षमा रहेकी शाक्य मुख्यमन्त्री पद पाउने निश्चित भएपछि संस्थापन पक्षमा लागेकी थिइन् ।

    शाक्य संस्थापन पक्षमा प्रवेश गरेपछि डोरमणि पौडेलले भदौ २ गते दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिएर उनलाई मुख्यमन्त्री पद दिन तयार भएका थिए । मुख्यमन्त्रीका लागि पौडेलले बाटो खुला गरिदिएपछि  संविधानको धारा १६८ (१) अनुसार प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend