काठमाडौं । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी थप तीन वर्ष नेपाल बस्ने भएका छन् ।
एक वर्षका लागि गत चैतमा नेपाली टोलीको प्रशिक्षक बनेका अल्मुताइरीसँग एन्फाले तीन वर्षको नयाँ सम्झौता गरेको बताइएको छ । अब अल्मुताइरीले चालु वर्ष सहित अर्को तीन वर्ष नेपाली टोलीको प्रशिक्षण सम्हाल्नेछन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि अल्मुताइरी नयाँ सम्झौताका लागि तयार भएका हुन् ।
‘आगामी दुई वर्षको लक्ष्य र योजना छिट्टै सार्वजनिक गर्छौँ । नेपाली फुटबललाई अर्को स्तरमा पुर्याउने मेरो बाचा छ, तर हामीलाई समय दिनुस्,’ अल्मुताइरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।