logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेप्सेमा दोहोरो अंकको वृद्धि, साढे ६ अर्ब माथिको कारोबार

    नेप्सेमा दोहोरो अंकको वृद्धि, साढे ६ अर्ब माथिको कारोबार

    2.1K
    Shares

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । १८ दशमलव ६ अंकले बढेर आज नेप्से दुई हजार सात सय ६९ दशमलब १३ विन्दुमा पुगेको छ । मंगलबार नेप्से ७८ दशमलव ८२ अंकले बढेर दुई हजार सात सय ५१ दशमलब सात विन्दुमा पुगेको थियो । 

    आज ६ अर्ब ६१ करोड २६ लाख बराबरको कारोबार भएको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको कारोबार भएको छ । यस बैंकको ४३ करोड भन्दाबढीको कारोबार भएको छ ।

    आज जीवन बिमा समूहको सूचकमा दुई अंकको सुधार भएको छ भने निर्जीवन बीमा समूह, माइक्रोफाइनान्स र अन्य समूहको सूचकमा एक प्रतिशतभन्दा बढीको सुधार भएको छ । आज ओरालो लाग्ने समूहको सूचकमा होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर र उत्पादनमूलक समूहको सूचक शून्य प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । 

    आज सबैभन्दा धेरै कमाउनेमा बेष्ट फाइनान्सका लगानीकर्ता रहेका छन् । फाइनान्सको सेयर मूल्य आठ दशमलव ६८ प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै गुमाउनेमा एभरेष्ट बैंक लिमिटेड कन्भर्टिवल प्रिफरेन्सका लगानीकर्ता रहेका छन् । यसको सेयर मूल्य मानइनस पाँच दशमलव २४ प्रतिशतले घटेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend