logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • ड्रग्स केस मामिलामा शाहरुखका छाेरा आर्यन खानले पाए जमानत

    ड्रग्स केस मामिलामा शाहरुखका छाेरा आर्यन खानले पाए जमानत

    2.3K
    Shares

    काठमाडाैं । मुम्बई ड्रग्स प्रकरणमा भारतीय अभिनेता शाहरुख खानका छाेरा आर्यन खानले जमानत पाएका छन् । 

    गएकाे मङ्गलवारदेखि आर्यन खानकाे जमानत निवदेनमा मुम्बई उच्च अदालतमा सुनुवाइ चलिरहेकाे थियाे । गएकाे तीन हप्तादेखि आर्यन खान जेलमा थिए । यस मामिलामा आर्यनसहित अरबाज मर्चेन्ट र मुनमुम धमेचाले पनि जमानत पाएका छन् । 

    पूर्वमहान्यायाधिवक्ता मुकुल रोहतगीले आर्यन खानकाे पैरवी गरेका थिए । बिबिसी हिन्दीले उल्लेख गरे अनुसार फैसलापछि मुकुल रोहतगीले भने, ‘विस्तृत आदेशकाे कपी शुक्रबार दिइनेछ । शनिबारसम्म सबै जेलबाट बाहिर हुने आशा छ ।’ 

    आर्यन खानलाई एक क्रुजमा भएकाे कथित रेभ पार्टीकाे मामिलामा नारकाेटिक्स कन्ट्राेल ब्युराे एनसीबीले गएकाे अक्टाेबर तीन मा पक्राउ गरेकाे थियाे । खानकाे जमानत निवेदन यसअघि दुई पटक खारेज भएकाे थियाे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend