logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • सर्वसाधरणले जस्तै अमेरिकामा काम गर्न चाहन्छिन् पूर्व राजकुमारी माको

    सर्वसाधरणले जस्तै अमेरिकामा काम गर्न चाहन्छिन् पूर्व राजकुमारी माको

    2K
    Shares

    एजेन्सी । यसै साता प्रेमीसँग बैबाहिक बन्धनमा गाँसिएकी जापानकी राजकुमारी माको न्युयोर्कको सिटीको सिंगल बेडरुम अर्पाटमेन्टमा बस्ने भएका छन् । विवाहलगत्तै राजकीय उपाधि गुमाएकी माकोको लामो समयदेखिका प्रेमी केही कोमुरोसँग विवाह भएको थियो । ३० वर्षीय कोमुरो अमेरिकामा वकालती पेसा गर्छन् । 

    उनीहरु बस्ने अर्पाटमेन्टको मासिक भाडा खुलाइएको छैन ।  तर, उनीहरु बस्ने भनिएको म्यानहटनमा एउटा बेडरुमसहितको अर्पाटमेन्टको मासिक भाडा ३ हजारदेखि ११ हजार डलर छ । 

    राजकीय उपाधि गुमाएपछि जापानको दरबारले प्रदान गरेको १४ करोड यान लिन उनले अस्वीकार गरेकी थिइन् । उपाधि गुमेपछि पैसा नलिने माको जापानकै राजपरिवारको इतिहासमा पहिलो महिला हुन् । सर्वसाधरणसँग विवाह गरेकी उनले सामान्य जीवन बिताउन चाहेको उनी निकटका व्यक्तिहरुले बताउँदै आएका छन् । 

    माकोले अमेरिकामा नै काम खोज्ने बताउँदै आएकी छिन् । विवाहअगाडि उनी जापानको एउटा संस्थामा आवद्ध थिइन् । 
     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend