विगत ११ वर्ष पहिले निर्माण टिमसँग साधारण मनमुटाभ भएर कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको टेलिश्रृङ्खला “हर्के हल्दार” छोडेर “डिट्ठा साब” निर्माण गरेर अगाडि बढेका किशो भण्डारी “डिट्ठा साब” पुनः “हर्के हल्दार”मा पुरानै चरित्र र जिम्मेवारीमा फर्किएका छन् । उनीसँगै रेश्मा तिमल्सिना “बुनुमैचा” पनि फर्केकी छिन् ।
७७ भागसम्म हर्के हल्दारमा रहेर बाहिरिएका डिट्ठा/बुनुमैचा ५२१ भागमा पुन समेटिएका हुन् । हर्के हल्दार टिममा पहिलाको जस्तो चलखेल, आफ्ना मान्छेलाई माथि पुर्याउने, कथा र सिरीयलको मर्म नै मार्ने, खुराफाती सोचका सदस्य नभएको र आफ्नो कला मेहेनतको सही मूल्यांकन हुने पक्का भएर फर्केको किशोरले बताए ।
परिस्थिति र स्वार्थीहरुको चलखेलका कारण छोडनु परेको हर्के हल्दारमा फर्किदा पुनः आफ्नै घरमा फर्किएको अनुभूती भएको उनको भनाइ छ । उनले अब राम्रो काम गरेर देखाउने बताए ।