logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • कोरोनाले मृत्यु हुनेको संख्या ५० लाख नाघ्यो 

    कोरोनाले मृत्यु हुनेको संख्या ५० लाख नाघ्यो 

    2.4K
    Shares

    काठमाडौँ ।  विश्वभर कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ५० लाख नाघेको छ । 

    अहिलेसम्म ५० लाख ३ हजार बढीको मृत्यु भएको वल्डोमिटरले जनाएको छ । २४ घण्टामा मात्रै विश्वभर ७ हजार बढीको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ५० लाख नाघेको हो । 

    वल्डोमिटरका अनुसार अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ४ करोड ६७ लाखमा कोरोना पुष्टि हुँदा ३ करोड ६६ लाख निको भएका छन् । 

    अमेरिकामा मात्रै ७ लाख ६५ हजारको मृत्यु भएको छ । यस्तै ३ करोड ४२ हजारमा कोरोना पुष्टि भएको भारतमा ३ करोड ३६ लाख निको भएका छन् । ४ लाख ५७ हजारको भने मृत्यु भएको छ । 

    संक्रमितका हिसावले तेस्रो स्थानमा रहेको बेलायतमा भने कोरोनाले ज्यान गुमाउनेको संख्या अमेरिका पछि दोस्रो स्थानमा छ। ब्राजिलमा अहिलेसम्म ६ लाख ७ हजारको मृत्यु भइसकेको छ । त्यहाँ अहिलेसम्म २ करोड १७ लाखमा कोरोना हुँदा २ करोड ९८ हजार निको भएका छन् ।

    विश्वभर २४ करोड ६७ लाख बढीमा कोरोना पुष्टि हुँदा २२ करोड ३५ लाखले कोरोना जितेका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend