logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    सुजिता बनिन् मिस युनिभर्स नेपाल

    सुजिता बनिन् मिस युनिभर्स नेपाल

    5.7K
    Shares

    काठमाडौं । मिस युनिभर्स नेपाल २०२१’ को उपाधि सुजिता बस्नेतले जितेकी छिन । १५ प्रतियोगीलाई पछि पर्दै उनी ताज पहिरिन सफल भएकी हुन् ।

    उपाधिसहित दुई सवटाइटलसमेत जितेकी बस्नेतले ताजसँगै १० लाख नगद पनि जितेकी छन् । गत वर्षकी ‘मिस युनिभर्स नेपाल’ अंशिका शर्माले उनलाई ताज पहिर्‍याएकी थिइन् । 

    उत्कृष्ट १६ बाट १० र ५ हुँदै सुजिताले उपाधि आफ्नो बनाउन सफल भएकी थिइन् । उमंग क्रियसन आयोजक र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको प्रतियोगितामा निनाकान्ता मण्डल फस्ट रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप, प्रतीक्षा महरा क्षेत्री थर्ड रनरअप, डा. केशु खड्का फोर्थ रनरअप घोषित भएका छन् ।

    विजेता बस्नेतले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् । प्रतियोगिताको निर्णायकमा गायिका इन्दिरा जोशी, मानसी अग्रवाल, सरिता ज्ञावलीलगायत थिए ।

    गत वर्ष ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’ की विजेता अंशिका शर्माले गरेकी थिइन् । प्रतियोगिताको फ्रेन्चाइज नेपालमा ‘मिस नेपाल अर्थ २०१२’ नग्मा श्रेष्ठले व्यक्तिगत पहलमा भित्र्याएकी हुन् । सन् २०१७ मा उनी पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै ‘मिस युनिभर्स’ सहभागी भएकी थिइन् । सोही प्रतियोगितामा नेपालको प्रतिनिधि पठाउने उद्देश्यले उनले गत वर्षबाट ‘मिस युनिभर्स’ नेपाल आयोजना थालेकी हुन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend