logo

२०८१ पुष २२ सोमबार

logo
  • सोमबार, २२ पुष २०८१
  • प्रदेश १ का मुख्यमन्त्री आचार्यले राजीनामा दिने

    प्रदेश १ का मुख्यमन्त्री आचार्यले राजीनामा दिने

    2.1K
    Shares

    मोरङ । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले सोमबार बस्ने प्रदेशसभा बैठकमा राजीनामा दिने भएका छन् । प्रदेशसभाको बैठक दिउँसो १२ः३० बजे बस्गेदैछ । 

    प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले सरकारले गरेको कामको बारेमा जानकारी गराएर राजीनामा दिने तयारी गरेका हुन् । मुख्यमन्त्री आचार्य विश्वासको मत लिने तयारीमा नै रहेको तर विश्वासको मत नपाउने अवस्थामा प्रदेशसभा बैठकमा राजीनामा दिने एक नेताले बताए । एमालेले गठबन्धन दल जसरी प्रदेश सांसदहरुलाई बन्धक बनाएर राख्न सक्दैन त्यसैले विश्वासको मत नपाउने अवस्थामा विकल्प खोज्नुको विकल्प नरहने तीन नेताको भनाई थियो ।

    विपक्षी गठबन्धन प्रमुख प्रतिपक्षी दल कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सबै प्रदेश सांसदहरुलाई विराटनगरस्थित बिग होटलमा आइतबार बेलुकादेखि नै राखिएको छ । मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्न प्रदेश सांसदहरुलाई अनेक प्रलोभन देखाएर प्रभावमा पार्न सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर गठबन्धन दलले सबै प्रदेश सांसदलाई एकै ठाउँ भेला गरेर राखेका हुन् ।

    बैठकका लागि मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभा बैठकमा कात्तिक ५ गते विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथि छलफल गरी मत विभाजन प्रक्रियाद्वारा टुंग्याउने कार्यसूची तय गरिएको छ । कांग्रेस पार्टीभित्रको अन्तरविरोधले प्रदेश १ सभाको बैठक कात्तिक ७ गते सूचना टाँसेर कार्तिक १५ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

    प्रदेश १ का विपक्षी पाँच दलीय गठबन्धनले मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभामा पेस गरेको विश्वासको प्रस्तावविरुद्ध मतदान गर्ने भएको छ । विपक्षी गठबन्धनको आइतबार बसेको बैठकले मुख्यमन्त्री आचार्यले राखेको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

    सोमबारको बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको प्रस्तावको विपक्षमा गठबन्धनका सबै प्रदेश सांसदले मतदान गर्ने र दलीय गठबन्धनको संस्कारलाई अझै मजबुद बनाएर अघि बढ्ने दुई बुँदे निर्णय गरिसकेका छन् । 

    एकीकृत समाजवादीका नेता राजेन्द्र राईले पाँच दलीय गठबन्धनको आइतबारको बैठकले सोमबार मुख्यमन्त्री आचार्यले राखेको विश्वासको प्रस्ताव विफल बनाएर आफ्नो नेतृत्वमा सरकारमा जाने निश्चित भएको बताएका छन् ।  समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गठबन्धन बनाएका छन् । आचार्यलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक हुन्छ ।

    ९२ सदस्यीय प्रदेशसभामा सभामुखसहित एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १र१ जना प्रदेश सांसद छन् । एमालेका प्रदेश सांसद गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागज मुद्दामा दोषी ठहर गरेदेखि फरार छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend