logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • दोस्रो जितसँगै न्युजिल्यान्डको सेमिफाइनल सम्भावना बलियो

    दोस्रो जितसँगै न्युजिल्यान्डको सेमिफाइनल सम्भावना बलियो

    1.8K
    Shares

    काठमाडौं । आइसिसी टी–ट्वान्टी विश्वकपमा न्युजिल्यान्डले स्कटल्यान्डलाई १६ रनले पराजित गरेको छ ।

    बुधबार  सुपर–१२ को समूह२ मा रहेको न्युजिल्यान्डको जितसँगै सेमिफाइनल सम्भावना बलियो भएको छ   ।

    १७३ रनको विजयी लक्ष्य पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनायो । स्कटल्यान्डका माइकल लिस्कले सर्वाधिक ४२ रन बनाए । न्युजिल्यान्डका  ट्रेन्ट बोल्ट ईश सोधीले  २ विकेट लिए ।

    यसअघि दुबईमा  टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले  २० ओभरमा ५ विकेट गुमाउँदै  १७२ रन बनाएको थियो ।

    न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले सर्वाधिक ९३ रनको योगदान दिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend