logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • आइसिसी टी–२० ः समूह विजेता बन्यो पाकिस्तान, अष्ट्रेलियासंँग सेमिफाइनल भिड्ने

    आइसिसी टी–२० ः समूह विजेता बन्यो पाकिस्तान, अष्ट्रेलियासंँग सेमिफाइनल भिड्ने

    1.9K
    Shares

    काठमाडौं । पाकिस्तान स्कटल्याण्डलाई पराजित गर्दै आइसिसी टी – २० विश्वकपमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ । 

    आइतबार सुपर– १२ को समूह–२ मा रहेको पाकिस्तानले स्कटल्यान्डलाई ७२ रनले पराजित गर्दै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको हो । 
    अब, पाकिस्तानले फाइनल प्रवेशका लागि बिहीबार सुपर १२ को समूह १  को उपविजेता अष्ट्रेलियासँग खेल्नेछ ।

    जितका लागि १९० रनको विजयी लक्ष्य पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सक्यो । स्कटल्यान्डका रिची बेरिंगटनले  सर्वाधिक ५४ रनमा अविजित रहे । 

    यसअघि शारजाहमा टस जितेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८९ रन बनाएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले  सर्वाधिक ६६ रनको योगदान दिए । शोएब मलिक ५४ रनमा अविजित रहे ।

    सुपर १२ को समूह २ मा ५ खेलमा अपराजित रहँदै १० अंक बनाएको पाकिस्तान शीर्ष स्थानमा छ । युजिल्यान्डले ५ खेलमा ४  जित र १ हार सहित सहित ८ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको हो । पहिलो सेमिफाइनल बुधबार इंग्ल्यान्ड र न्युजिल्यान्डबीच  हुनेछ । दोस्रो सेमिफाइनलमा बिहीबार पाकिस्तान र अष्ट्रेलियाबीच हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend